तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सामानसहित दुई जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले सुरुङगा नगरपालिका वडा नं.४ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलबाट अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

सुरुङगा न.पा. वडा नं.४ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरवोनावाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ भन्सार छलेर तिन वटा मोटरसाइकलमा सामानहरू ल्याइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button