राजेश झा प्रदेश २ को प्रमुखमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको हो ।
यस्तै उहाँले शुक्रबार नै मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।









प्रतिक्रिया राख्नुहोस्