वृद्धाको हत्या गरी लुटपाट गर्ने पाँच महिनापछि पक्राउ

चितवन । घरमा पसेर बृद्धा महिलाको लुटपाट गरी हत्या गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी सविना विक भन्ने शोभा विक रहेकी छिन । गत असोज ७ गते भरतपुर महानगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ७४ की वृद्धा बाबाहजुर थापाको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले आज कार्यालयमा पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले अनुसन्धानको क्रममा थाहा नगरपालिका वडा नम्बर ८ स्थायी घर भई मृतककै घर नजिक बस्ने सविना सुनार भनिने शोभा विकलाई फागुन २ गते पक्राउ गर्न सफल भएको बताउनु भयो ।
अधिकारीका अनुसार अभियुक्त विकले असोज ७ गते बिहान पौने ४ बजे पानी खाने जग र फलामे रड प्रयोग गरी ती वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अभियुक्तले हत्या गरेको स्वीकार गरेकोले चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । मृतक वृद्धा एक्लै सो घरमा बस्दै आएको र उनको परिवार काठमाडौँ बस्दै आएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्