लिखित जवाफ बोकेर प्रधानमन्त्री सर्वोच्चमा

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।
गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्