चुरोट पिउँदै मोटरसाइकलमा पेट्रोल खन्याउँदा आगलागी
बीरगंज । चुरोट पिउँदै मोटरसाइकलमा पेट्रोल खन्याउने क्रममा अचानक आगलागी हुँदा जलेर बीरगंज महानगरपालिका वडा नम्बर २८ वगहीमा एक युवक गम्भीर घाइते भएका छन् ।
चुरोट सल्काएर आफ्नै मोटरसाइकलमा बोतलबाट पेट्रोल खन्याउने क्रममा पेट्रोलमा लागेको आगोबाट जलेर बगहीकै २१ वर्षीय जयराम महतो घाइते भएको प्रहरीले जनाएको छ ।
पेट्रोलको आगोको लम्काले महतोको अनुहार, पेटलगायतको भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।
जलेर घाइते भएका महतोलाई स्थानीयको सहयोगमा बीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्याइएको र थप उपचारको लागि काठमाडौँ कीर्तिपुरस्थित वर्न सेन्टरमा पठाइएको कुँवरले जानकारी दिनुभयो ।
आगलागीबाट मोटरसाइकलमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्