तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहहरूको हिउँदे अधिवेशन सुरु 

बझाङ  । जिल्लाका स्थानीय तहहरूले हिउँदे अधिवेशन सुरु गरेका छन् ।

हिउँदे अधिवेशनमा पालिकाहरूले आर्थिक बर्ष २०७७/२०७८ मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने गरेको छ  ।

बुधवार दुर्गाथली गाउँपालिकाले पनि पालिका भित्रका सरोकारवालाहरूको सहभागितामा हिउँदे अधिवेशन गरेको छ ।

दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले  अघिल्ला बर्ष जस्तै यसपालि पनि हामीले हिउँदे अधिवेशन गरेको जानकारी दिनुभयो ।

यसमा पालिका भित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि गुनासाहरू काम गर्दाका समस्याहरूका बारेमा छलफल भएको बताउनुभयो ।

यसका साथै स्थानीय तहका ऐन कानुनको कार्यान्वयनका बारेमा पनि अधिवेशनमा छलफल भएको थियो ।

उता केदास्युँ गाउँपालिकाले पनि यस वर्षको हिउँदे अधिवेशन भव्यताका साथ सम्पन्न गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, यस अगाडि गाविस हुँदा वार्षिक समीक्षा हुन्थ्यो तर अहिले स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको बताउनुभयो  ।

काम गर्दा जनताबाट आएका गुनासा समस्याहरूको पनि सभामा छलफल भएको उहाँले भन्नुभयो, यसका साथै, योजनाहरू छिटो छरितो, पारदर्शिता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल भएको थियो  ।

फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाहरूको हिउँदे अधिवेशन गरिसक्ने लक्ष्य राखेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button