वीरगञ्ज भन्सारद्वारा माघ महिनामा झन्डै १५ अर्ब राजस्व असुली
वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७–०७८ को माघ महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो समय गति लिएसँगै भन्सारबाट उठ्ने राजस्वमा वृद्धि भएको हो ।
अर्थ मन्त्रालय भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई माघमा १३ अर्ब ८३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा लक्ष्यभन्दा १ अर्ब १२ करोड बढी राजस्व असुली गरेको छ ।
वीरगञ्ज भन्सारले माघ महिनामा मात्रै १४ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्ष २०७७–७८ को ७ महिनामा वीरगञ्ज भन्सारले ८८ अर्ब ५० करोड रुपैयाँ राजस्व उठाएको प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो ।
कोरोनाको कारण प्रभावित राजस्व असुली पछिल्ला महिनाहरूमा भने आयात निर्यात व्यापारमा सुधार आएसँगै लक्ष्यभन्दा बढी राजस्व असुली हुन थालेको आचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्