तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी अधिकारी सम्मानित 

चितवन । लक्की मिडिया हाउस चितवनको  पांँचौ वार्षिकोत्सवको अवसरमा सोमबार चितवनका रेडियो नेपालकर्मी  सूर्यप्रसाद अधिकारी सम्मानित हुनुभएको छ  । अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रूपान्तरण र विकासमा कलम चलाएको भन्दै सम्मान गरिएको हो । यस्तै दुई दशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता मार्फत भूमिका खेल्ने दिनेश श्रेष्ठ पासालाई पनि सम्मान गरिएको छ ।
भरतपुरमा आयोजित कार्यक्रममा पत्रकारद्वय अधिकारी र श्रेष्ठलाई  कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय  सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले  सम्मान पत्र सहित  दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
 सो अवसरमा चिकित्सक,शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरू पनि  सम्मानित भएका थिए ।
सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला पाँचौँ वार्षिकोत्सवको अवसरमा  समाजका विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताउनु भयो  । ‘ कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त र धराशायी छ , कार्कीले भन्नुभयो , सम्मानले उहांँहरुलाई केही उत्साह र ऊर्जा मिल्ने हाम्रो विश्वास छ । ’
कार्यक्रममा नेपाली काँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी ,नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह लगायत उद्योगी व्यवसायी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरे लिखित  नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button