हेटौँडामा ७१ औँ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

हेटौडा । बागमती प्रदेशको राजधानी हेटौँडामा ७१ औ प्रजातन्त्र दिवस प्रदेश स्तरमा भव्य रुपमा मनाइने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले ७१ औँ प्रजातन्त्र दिवस आगामी फागुन ६, ७ र ८ गते तीन दिन भव्य विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
बैठकले प्रजातन्त्र दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश स्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयमा समारोह समिति गठन गर्न आज बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमको समेत तय गरेको छ ।

बैठकले दिवसका अवसरमा हेटौँडामा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, परिसंवाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफूल वितरण कार्यक्रम, खुल्ला दौड प्रतियोगिता, म्युजिकल थेरापी कार्यक्रमलगायत सार्वजनिक स्थानमा झण्डा फहराउने तथा तीनै दिन दीपावली गरेर मनाउने निर्णय गरेको छ ।
बैठकमा मुख्यमन्त्री पौडेलले सबैलाई प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिव मान बहादुर बिक लगायत विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्