तपाईँ सुन्दै हुनुहुन्छः

७६ बर्षीया वृद्धको बलात्कार आरोपमा एक पक्राउ

कलैया । बारामा  वृद्धलाई बलात्कार गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेका छन् ।
कोल्हवी नगरपालिका बस्ने ७६ बर्षीया वृद्धलाई मकै बारीमा लगी बलात्कार गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
कोलहवी नगरपालिका वडा नम्बर ८ बस्ने दलबहादुर लामालाई बलात्कारको आरोपमा पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालेको प्रवक्ता मिश्रले भन्नुभयो ।
बारामा पछिल्लो समय देखि बलात्कारका घटनामा वृद्धि हुँदै आएको छ । महिला अधिकारकर्मीहरूले बलात्कारीहरूलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button