तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुका २ सय १० जेष्ठ नागरिकलाई कम्बल वितरण

कपिलवस्तु।  कपिलवस्तुका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएकाे हो ।

कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगर प्रमुख शाहले कम्बल वितरण गर्दै भन्नू भयो जेष्ठनागरिकहरूलाई चिसाे बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताकाे पैसा जनता सम्मा पुग्न याे राम्राे मध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनुभयो ।


कृष्णनगर नगरपालिका वडा न. ९ बहादुरगंजको आर्थिक सहयोग र चित्रंश मिडियाकाे सहकार्यमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष राम मिलन चौधरीले जानकारी दिनुभयो । वडा कार्यालयकाे प्रङ्गणमा एक कार्यक्रम गरि कम्बल वितरण गरिएकाे वडा अध्यक्ष चौधरीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button