राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवतीलाई

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती मावि विजेयी बनेको छ । प्रतियोगितामा निर्मल मावि द्वितीय र ग्रीन स्टार अंग्रेजी स्कूल तृतीय भएका छन् ।
आईतबार भएको फाइनल खेलहरुपश्चात विजेताको निर्धारण भएको हो । शिल्डमा प्रथम भएको सत्यवतीेले १७ स्वर्ण, आठ रजत तथा २७ कास्य पाएर उच्च अंक २७ पाएको छ ।
द्वितीय भएको निर्मलले ४ स्वर्ण, छ रजत तथा पाँच कास्यसहित १५ अंक पाएको छ । त्यस्तै तृतीय भएको ग्रीन स्टारले भने दुई स्वर्ण, तीन रजत, तीन कास्य पदकका साथ आठ अंक पाएको छ ।
शुक्रबारदेखि शुरु भई आइतबार सकिएको प्रतियोगितामा कूल २७ पदक हात पार्दै रनिङशिल्डको उपाधि सत्यवतीले जितेको हो ।
यस्तै चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयले एक स्वर्ण र एक कास्य, दमौली कलेजले एक स्र्ण र दुई कास्य, महेन्द्रज्योति माध्यमिक विद्यालयले तीन रजत र चार कास्य, महेन्द्र माध्यमिक विद्यालयले एक रजत र तीन कास्य, क्यामिन माध्यमिक विद्यालयले एक रजत, भानु माध्यमिक विद्यालयले एक रजत, दमौली पब्लिक बोर्डिङ स्कूलले एक रजत, व्यास मनकामना बोर्डिङ स्कूलले एक रजत, केशवटार माध्यमिक विद्यालयले एक रजत र दुई कास्य, जनजुक्त माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत, उदय माध्यमिक विद्यालयले एक कास्य र शिवपञ्चायन माध्यमिक विद्यालयले एक कास्य पदक जितेको व्यास नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उक्त खेल व्यास(१ स्थित निर्मल माविमा सञ्चालन भएको थियो ।आईतबार सम्पन्न कबड्डी छात्रातर्फ सत्यवती र जनजुक्तबीचको प्रतिष्पर्धामा जनजुक्त विजयी भएको थियो । भलिबल छात्रतर्फ पराशर कलेज र निर्मलबीचको फाइनल खेलमा निर्मल लगातार दुई सेटले विजयी भएको थियो ।
भलिबल छात्रातर्फ सत्यवती र निर्मलमा सत्यवती दुई सेटले विजयी भएको थियो । छात्र कबड्डीमा विवादपछि निर्मलले रेड कार्ड पाउँदा सत्यवतीले जित दर्ता गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्