तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशले तेस्रो स्थापना दिवस मनायो

घोराही। लुम्बिनी प्रदेशले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । पहिलो पटक दाङमा लुम्बिनी प्रदेशले दिवस मनाएको हो ।

स्थापना दिवसका अबसरमा प्रदेश सरकारले राप्ती प्राबिधीक शिक्षालयमा प्रदेश राजधानी ब्यबस्थापन समितिको कार्यालय समेत उद्घाटन गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सभामुख पुर्णबहादुर घर्ती मगर, प्रदेश सरकारका मुख्यसचिब, प्रदेशका मन्त्री, सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरु, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनीधि, निजामती कर्मचारी र स्थानीयबासीको सहभागीतामा दिवस मनाइएको थियो ।

कार्यक्रममा राप्ती उपत्यकाका विभिन्न स्थानीय तहबाट मौलिक साँस्कृतिक कला, सस्कृती सहितका झाकी, जुलुस समेत प्रस्तुत गरिएको थियो । स्थापना दिवसका अबसरमा प्रदेश सरकारले विभिन्न ब्यक्तिलाई पदक बितरण गरेको थियो ।

कार्यक्रममा प्रदेश सरकारले तीन बर्षको अबधिमा गरेका कामका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले जनताको सहयोगमा राप्ती उपत्यकालाई ब्यबस्थित प्रदेश राजधानीका रुपमा बिकास गरिने बताउनुभएको थियो ।

प्रदेश राजधानीलाई ब्यबस्थित गर्नका लागि प्रदेश राजधानी ब्यबस्थापन समितिको कार्यालय उद्घाटन गरिएको समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रदेशका आन्तरिक तथा कानून मन्त्री कुलप्रसाद केसीले जनताको सहयोगमा प्रदेशको बिकास गरीरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button