तपाईँ सुन्दै हुनुहुन्छः

आइडिया पठाउने समय १५ दिन थप

काठमाडौं । वागमती प्रदेशका लागि गरिएको नव प्रवर्तन प्रस्ताव आह्वान अर्थात् स्टार्ट अप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ ।

वागमती प्रदेश र यस प्रदेश भित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरे बमोजिम एक पटकका लागि मात्र १५ दिन अवधि रहने गरी फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको वागमती प्रदेश उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनु भयो ।

गत मङ्सीर २४ गते बाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन परेका छन् ।

उत्पादन र सेवामुलक क्षेत्रमा सृजनात्मक रुपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र समय थप गर्न आग्रह गरेबमोजिम फेरि नथप्ने गरी म्याद थप गरिएको विशाल फाण्डेशनले जनाएको छ ।

वागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशन मिलेर नव प्रवर्तन प्रस्ताव आह्वान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button