राजनीतिमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको : मन्त्री ढकाल

सुनसरी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री भानुभक्त ढकालले निर्वाचनलाई स्वच्छ रुपमा सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । डोरीतान प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री ढकालले राजनीतिमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताएउनुभएको हो ।
मोरङको बुढिगंगा डोरितान समितिले आयोजना गरेको वडा स्तरीय डोरीतान प्रतियोगिता वडा नं ३ ले जितेको छ ।
बुढीगंगा ४ स्थित गोकुवा चौकमा शनिबार भएको उक्त प्रतियोगितामा ७ वटा वडा र आयोजक गरी ८ टिमले भाग लिएको थियो । सो प्रतियोगितामा वडा नं ७ ले दोश्रो स्थानमा चित्त बुझाएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल डोरीतान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले विकास भनेको पुर्वाधारको विकास मात्र नभई खेलकुदको विकास पनि देश विकासको सुचकको रुपमा राखिनु पर्ने बताउनुभयो ।
बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझिले आगामी दिनमा डोरीतान प्रतियोगिताका लागि गाउँपालिकामा छुट्टै कोषको स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विजयी टिमले नगद १५ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेताले नगद १० हजार र ट्रफी प्राप्त गरेको डोरीतान संघ प्रदेश नं.१ का अध्यक्ष रिता न्यौपानेले बताउनुभयो् ।
न्यौपानेले तीन महिना यता प्रदेशका १७ वटा पालिकामा डोरीतान कमिटी गठन गर्दै प्रदेश १ जिल्ला स्तरिय डोरी तान प्रतियोगीता गरेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिँदै दक्षिण एसियामा तेस्रो स्थान समेत हासिल गरेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्