तपाईँ सुन्दै हुनुहुन्छः

आज विश्व रेडियो दिवस : कार्यकारी निर्देशकको शुभकामना

काठमाडौं । “नयाँ संसार, नयाँ रेडियो ” नाराका साथ आज १० औ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औ सम्मेलनले सन् २०११ नोभेम्वर ३ तारिखमा हरेक वर्षको फेब्रुुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा पनि नयाँ परिबेशमा नयाँ रेडियो नाराका साथ आज रेडियो सँग सम्बन्धीत संस्थाहरुको अग्रसरतामा यो दिवस मनाईदै छ । नेपालमा हाल रेडियो नेपाल सँगै करिब आठ सयको हाराहारीमा नीजि तथा सामुदायिक एफ रेडियोहरु प्रशारणमा रहेका छन ।

यसै अवसरमा नेपालको सबैभन्दा जेठो प्रशारण संस्था रेडियो नेपालका कार्यकारी निर्देशक बुुद्दिबहादुर केसीले सबै रेडियो प्रशारण संस्था एंव रेडियोकर्मीहरुमा शुमकामना व्यक्त गर्दे महामारी र बिपदको अवस्थामा रेडियोले खेलेको भुमिकाको स्मरण गर्नूभएको छ ।

कार्यकारी निर्देशक केसीले यस दिवसका अवसरमा सबै किसिमका रेडियोहरु वीच थप समन्वय , आपसी समझदारी र सहकार्य हुन सकेमा समाजको सकारात्मक परिवर्तनमा रेडियाको भुमिका अझै बढने अपेक्षा व्यक्त गर्नूभएको छ ।

कार्यकारी निर्देशकको शुुभकामना

New World ,  New Radio  अन्तराष्टिय नाराका साथ मनाउन लागिएको यस वर्षको विश्व रेडियो दिवसका अवसरमा म सबै रेडियो , रेडियाकर्मी , श्रोता सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

यस वर्षको विश्व रेडियो दिवसको नाराले पनि हिजो आज र भोलीसम्म रेडियोहरुले परिवर्तीत विश्वमा प्रविधि र विषयवस्तुमा समेत परिमार्जन गर्दै आफ्नो भूमिका र प्रभावकारीतालाई प्रमाणित गरेका छन् ।

आम श्रोतासँग नजिक भएर समाजमा जनचेतना फैलाउन र समाज रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका रेडियोहरुको स्थान आमञ्चार क्षेत्रमा अग्रणी स्थानमा रहेको छ ।

नेपालमा पनि २००७ साल देखिनै जनचेतनाको लहर ल्याउन तथा सूचना र मनोरञ्जन प्रदान गर्ने क्रममा रेडियो नेपालले भरपुर सहयोग गरेको पाइन्छ । पछि १९९० को दशकमा स्वतन्त्र रुपमा स्थापना भएका  FM रेडियोहरुले पनि जनजागरण अभियानमा उत्तिकै भूमिका खेलेको पाइन्छ ।

समयसँगै रेडियोहरुको प्रशारण प्रविधि र विषयवस्तु छनौटमा पनि मनग्य परिवर्तन आएको पाइन्छ ।

आज Terrestrial Radio   मात्र नभएर internet / digital Radio   समेत संचालनमा आइसकेका छन् ।

विश्व रेडियो दिवसका अवसरमा सबै प्रकृतिका रेडियोहरु वीच थप समन्वय , आपसी समझदारी रसहकार्य हुन सकोस र समाजको सकारात्मक परिवर्तनमा थप रेडियो सेवा प्रदान हुन सकोस् यहि अपेक्षा गर्दछु ।

बुद्दिबहादुर केसी
कार्यकारी निर्देशक
रेडियो नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button