भारत र चीन लद्दाखबाट सेना फिर्ता गर्न सहमत
काठमाडौँ । भारत र चीनबिच लामो समय देखी जारी लद्दाख क्षेत्रस्थित सीमा विवाद दुवै देशले आफ्ना सेना फिर्ता बोलाउने सहमति भएपछि समाधान भएको छ ।
आज भारतका रक्षा मन्त्री राजनाथ सिंहले संसदमा जानकारी गराउँदै लामो समय देखी भात चीनबिचको सीमा विवाद लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने निर्णयसँगै दुई परमाणु अस्त्र सम्पन्न देशहरूबिच भएको “निरन्तरको वार्ता”को परिणाम भएको बताउनु भएको बिबिसी हिन्दीले जनाएको छ ।
चीनले विवादित हिमाली सीमा क्षेत्रको केही भागबाट आ–आफ्ना सेनालाई फिर्ता बोलाउने सहमतिलाई गत जुनमा भएको हिंसात्मक झडपपछि दुई देशबिचको सम्बन्ध सुधारमा केही प्रगति भएको प्रतिक्रिया दिएको छ ।
गत जुन महिनामा विवाद हुँदा उक्त क्षेत्रमा दुई देशका सैनिकहरूबिच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्