तपाईँ सुन्दै हुनुहुन्छः

वी कोच नेपाल प्रोजेक्टको माध्यमबाट नेपालका १२ किशोरीलाई फुटबल कोच प्रशिक्षण दिंदै अमेरिकी दूतावास

 काठमाडौँ । नेपाल  वी युनाइटेड प्रोजेक्टले अमेरिकी दूतावास, काठमाडौँसँगको सहकार्यमा वी कोच नेपाल प्रोजेक्ट सुरु गरेको छ ।

प्रोजेक्टले धनगढी, सुर्खेत र काठमाडौँका १२ जना किशोरीलाई फुटबल कोचका बन्नका लागि प्रशिक्षण दिनेछ।

प्रशिक्षणमा सहभागी कोचहरूले वी युनाइटेडका कार्यक्रमका पूर्व सहभागीहरूबाट परामर्श प्राप्त गर्नेछन् भने उनीहरूलाई १२० भन्दा बढी किशोरीहरूलाई प्रत्यक्ष रूपमा संलग्न गराएर महिला फुटबल टोलीहरू बनाउन सहयोग गरिनेछ ।

कार्यक्रमको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुएल मिक्कलरले भन्नुभयो, खेलकुदमा महिलाको सहभागिताले लैङ्गिक समानताको गतिलाई बढाउने बताउनुभयो ।

उपप्रमुख म्यानुएल मिक्कलर

उहाँले खेलकुदमार्फत किशोरी तथा बालिकाहरूलाई सशक्त बनाउँदा उनीहरूले आफ्नो सम्भावनालाई पहिल्याउने, महत्त्वपूर्ण सामाजिक सिप विकास गर्ने र हार वा जीत जेसुकै भए पनि एउटा असल खेलाडी हुनुको महत्त्वबारे जान्ने मौका याउने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुदमार्फत महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उनीहरूको प्रतिबद्धता दोहोर्याउनुभयो ।

कार्यक्रममा खेलकुद क्षेत्रका अगुवाहरूका साथै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि लगायतका महिला सशक्तीकरणका मित्रहरूस राष्ट्रिय महिला टोलीका खेलाडी तथा रेफरीहरूस र विकास तथा व्यापारिक क्षेत्रका साझेदारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button