तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा क्रियाशील १८ जना पत्रकार पुरस्कृत 

पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पाले जिल्लामा क्रियाशील १८ जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ । जिल्ला शाखाको बाह्रौँ साधारण सभाको अवसरमा शाखामा स्थापना भएका विभिन्न पुरस्कारहरूबाट पुरस्कृत गरेको हो ।

नगद १५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कार, २०७७ बाट पत्रकार वासुदेव ढकाल र देव पचभैयालाई दोसल्ला र प्रमाण पत्रले सम्मानित गरेको हो । ७ हजार ५ सय राशिको सृजनशील पत्रकारिता पुरस्कार, २०७७ बाट सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेल, १० हजार राशिको ग्रामीण पत्रकारिता पुरस्कार बाट वन्दना पोखरेल, इमान सिं रानालाई सम्मान गरिएको हो ।

५ हजार राशिको मानवअधिकार पत्रकारिता पुरस्कार बाट वीरेन्द्र घिमिरे, ५ हजार राशिको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल, ३ हजार ५ सय राशिको सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट तुल बहादुर थापा र ३ हजार राशिको लेखन वृत्ति प्रोत्साहन बाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर वि.क., दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे, भोजराज तिमिल्सिनालाई पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार वितरण गर्नु भएको थियो । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लामा क्रियाशील पत्रकारहरू मध्ये बाट छनौट गरी पुरस्कृत गरिएको र अन्य पत्रकारहरूलाई पनि आगामी दिनमा क्रमशः पुरस्कृत गर्दै जाने बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button