तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा प्रचण्ड–माधव समूहको आमसभा

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज  काठमाडौँमा  आमसभा गरेको छ ।

भृकुटीमण्डपमा आयोजित आमसभामा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शान्तिपूर्ण अर्को जनआन्दोलन भएरै छाड्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले संसद् विघटनको मुद्दामा  सर्वोच्च अदालतले संविधानको मर्म अनुरूप आफूहरूकै पक्षमा फैसला  गर्ने विश्वास  व्यक्त गर्नुभयो ।

उहाँले केही दिनपछि पार्टीले  सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने घोषणा गर्नुभयो ।

आमसभामा अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर संसद् विघटन गरेको आरोप लगाउनुभयो । उहाँले जनमतमा विश्वास गर्ने भए प्रधानमन्त्री ओलीले बहुमतको शासन मान्न तयार हुनुपर्ने बताउनुभयो ।

सोही समूहका अर्का नेता झलनाथ खनालले  लोकतन्त्रको रक्षाका लागि आफूहरू सडकमा आउन बाध्य भएको बताउनुभयो ।

आमसभा सुरु हुनु अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button