त्रिवेणीमा ४४ लाख ४२ हजार राजस्व सङ्ंकलन

रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पाको नवौँ गाउँसभा गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा मंगलवार सम्पन्न भएको छ ।
गाउपालीका अध्यक्ष शान्त कुमार वली को अध्यक्षतामा भएको गाउसभा मा उपाध्यक्ष साबित्रा वुढा (घर्ती ) प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, ७ वटा वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न शाखाका कर्मचारीहरु लगाएतको सहभागीता भएको थियो ।
त्रिवेणि गाउपालीका जुगार रोल्पा को यस आर्थीक वर्ष २०७७÷ २०७८ मा कुल बिनियोजित बजेट ४८ करोड ३७ लाख ९ हजार मध्यबाट हालसम्म १२ करोड ९३ लाख ९ सय ८९ रुपैया खर्च भएको छ । उक्त बजेट सडक,कृषि,पर्यटन,शिक्षा,बिद्युत,खानेपानी लगाएको क्षेत्रमा खर्च भएको हो । भने गाउपालीकाले आफ्नो आन्तरीक श्रोत बाट राजस्व ४४ लाख ४२ हजार रुपैया सङ्कलन गर्न सफल भएको छ ।
त्यसैगरी कर्मचारीको मनोवल उच्च बनाउन १२ जना कर्मचारी लाइ सर्वोत्कृष्ट कार्यसम्पादन गरेको आधारमा पुरस्कृत गर्नुका साथै ९ जना को दरबन्दी कायम हुने गरी नगर प्रहरी राख्ने निर्नय गाउपालीका को गाउसभाले पारीत गरेको छ ।
रोल्पा जिल्ला मा १० वटा स्थानीय तह मध्य त्रिवेणी गाउपालीका पहीलो हो यो आर्थीक वर्ष मा निजि तथा सामुदायिक बिद्यालय समायोजन गरी पठनपाठन गराउने सामुदायिक बिद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यम बाट पढाइ भइरहेको छ ।
अहिले गाउपालीका मा ८० प्रतिशत बिद्युतिकरण भइसकेको अबस्था छ स्थानीय तह को निर्वाचन हुदा सम्म बिद्युत बिस्तारको लागी पोलसमेत गाडिएको थिएन अध्यारो दियालो ,टुकी को सहारा का गाउघर बिजुली बत्ती उपलब्ध हुदा झिलीमिली छन्
पर्यटन बिकाश को लागी शिव गुफा र तत्कालीन माओबादी जनशेना को ब्यारेक रहेको टिला लाइ जनयुद्धस्मृति राष्ट्रीय सङ्ग्रालय को रुपमा युद्ध पर्यटकीय क्षेत्रको चिनारी मा बिकाश गर्दै अगाडि बढाउन काम भइरहेको छ ।
सडक सञ्जाल प्रत्येक एक गाउ देखी अर्को गाउसम्म जोडिदै छ भने स्तरउन्नती सङगै सडक कालो पत्रेको काम तिव्ररुपमा भइरहेको देखीन्छ । खानेपानी घरघरमा पुर्याउने, बुढागाउमा रहेको रोल्पा जिल्ला को एक मात्र सिमेन्ट उद्योग लाइ निरन्तर सञ्चानमा ल्याउने लक्ष्य गाउपालीका को छ ।
सामाजिक न्याय सहितको आर्थिक बिकाश,न्यायोचित बितरण सहित को आर्थिक समृद्धीको नारा लिएर त्रिवेणि गाउपालीका रोल्पा जनताको कममा खटिरहेको अध्यक्ष शान्त कुमार वली ले जानकारी गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्