तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी केबलकार प्रालिलाई २५ वर्षका लागि वन क्षेत्र उपलब्ध गराउने

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड ३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका वार्ड नं. ३ वसन्तपुरसम्म निर्माण गर्ने भनिएको लुम्बिनी केबलकार प्रालिलाई सरकारले २५ वर्षका लागि वन क्षेत्र उपलब्ध गराउने भएको छ ।
तीन किलोमिटर दुरीमा सञ्चालन हुने भनिएको केबलकारका लागि सरकारले ६ दशमलव २७ हेक्टर वन क्षेत्र २५ वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले केबलकार पर्ने स्थानमा ३ सय ३८ पोल अथवा रुख काट्नसमेत स्वीकृत दिएको छ ।
चन्द्रागिरि हिल्स केबुलकार प्रा.लि.का सञ्चालकहरूले लगानी गर्न लागेको केबलकार प्रा.लि.ले १७ फागुन ०७५ मा केबुलकारको वातावरणीय प्रभाव मूल्याङ्कनबारे सरोकारवाला र स्थानीय जनताका बिचमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिसकेको छ ।
उक्त केबुलकारको निर्माणसँगै वसन्तपुरमा अत्याधुनिक पाँच तारे होटेलसमेत स्थापना गरेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने योजना प्रा.लि. ले लिएको छ ।  उक्त योजना रु. ३ अर्ब ५२ करोडको अनुमानित लागत प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button