थप १९४ जना कोरोना सङ्क्रमणमुक्त
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज थप १ सय ९४ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ७ सय ४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ४५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्