तपाईँ सुन्दै हुनुहुन्छः

क्रियाशील पत्रकारिता पुरस्कार प्रदान

खोटाङ । नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले पत्रकारद्वय सन्तोष पौडेल र सुनिता राई ‘कृष्णकला’ लाई पुरस्कृत गरेको छ ।

शाखाको नवौँ साधारण सभाका अवसरमा पौडेल र राईलाई नगद रु २ हजार ५०० सहित ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइली, प्रदेश अध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतमलगायतले पत्रकारद्वयलाई पुरस्कृत गर्नुभएको हो । यस्तै अग्रज पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बरसिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको छ । शाखाको भवन निर्माणका लागि जग्गादाता कृषि विज्ञ मदन राईलाई पनि सम्मान गरिएको थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button