बालिका हत्याको घटनामा संलग्नलाई तत्काल कारबाहीको माग राख्दै ज्ञापन पत्र

डडेलधुरा । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीय बालिका भागरथी भट्टको हत्यारालाई कारबाहीको माग राख्दै अखिल नेपाल महिला सङ्घ डडेलधुराले जिल्ला प्रशासन कार्यालय डडेलधुरामा ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरमा आइतबार गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइएको हो ।
माघ २२ गते विद्यालयबाट घर फर्किँदै गरेकी भट्टको बलात्कारपछि हत्या गरिएको थियो ।
उक्त घटनाको अखिल नेपाल महिला सङ्घ डडेलधुरा घोर भर्त्सना गर्दै तत्काल सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय टोली पठाउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।
विगतमा कञ्चनपुरकी निर्मला पन्तको अनुसन्धान जस्तै घटनामा गैर जिम्मेवार नबन्न अनेमसंघ डडेलधुराले सरकारसँग आग्रह गरेको छ ।
यसै गरी आजै नेपाल नागरिक समाज डडेलधुरा र दलित महिला सङ्घले पनि जिल्ला प्रशासनमार्फत सङ्घीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।








प्रतिक्रिया राख्नुहोस्