तपाईँ सुन्दै हुनुहुन्छः

गोली हानी छोरीको हत्या गरेका महरा अझै भेटिएनन्

बैतडी । गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गरेका बैतडीको पुर्चौंडी नगरपालिका–१० महागाउँका धनसिंह महरा अझै भेटिएका छैनन् ।
आफ्नै २० बर्षीया छोरी बेलमति महरा धामीमाथि गोली प्रहार गरी हत्या गरेका महरा आइतबार दिउँसो जङ्गलतिर भागेको पुरघाट प्रहरी चौकीले जनाएको छ ।
घटनास्थलमा प्रहरीको टोली पुगेको भए पनि महरालाई फेला पार्न सकिएको छैन । हतियारसहित भागेका उनी राती आएर आफ्नै पुरानो घरमा आगजनी समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button