भरुवा बन्दुकसहित सप्तरीमा दुई जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले आज बिहान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिका वार्ड नम्बर २ भलुवाहीबाट भरुवा बन्दुकसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।
एकनाले भरुवा बन्दुक एक थानसहित भलुवाहीकै २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको उपरीक्षक साहले जानकारी दिनुभयो ।
उनीहरु उपर थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्