तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ४ जना घाइते

तनहुँ । तनहुँमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।जिल्लाको व्यास(१२ घाँसिकुवामा शुक्रबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउने धादिङ(८ का २२ वर्षका गोविन्द मगर हुनुहुन्छ । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटो संग ठोकिएर बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते हुनेमा धादिङ(८ गल्छीबेसी की २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष रहेको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले बताउनुभयो ।

घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै व्यास(६ साँजास्थित बाकोरे खोलाको कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।स्थानीय ९ वर्षका सरोज थापाको सोही ट्याक्टरको ढालाले च्यापिन गई घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल खसेर भएको दुर्घटनामा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग १ त ३०८३ नं.को ट्याक्टर अनियन्त्रत भई दुर्घटना भएको थियो ।

ट्याक्टर चालक व्यास(६ सेखाटार बस्ने ४० वर्षीय बुद्दी श्रेष्ठ र ट्याक्टरमा सवार मृतक सरोजकी आमा २७ वर्षीया सरस्वती थापा घाईते छन् ।

घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button