तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीबाट पर्यटन विकास अभियान सुरु

राजविराज । कोरोना भाइरस (कोभिड १९) का कारण थला परेको प्रदेश २ को पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ । प्रदेशका होटेल व्यवसायी मिलेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाउँदै पहल त्यसका लागि पहल सुरु गरिएको हो ।

यो समितिले प्रदेशको सबै जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गर्दै प्रचार प्रसार गर्नेछ । पर्यटकीय क्षेत्रको भिडियो नै बनाएर देशभर प्रचार प्रसारमा ल्याउने समितिका सह–संयोजक मोहन शर्माले बताउनुभयो ।

प्रदेशमा धेरै नै पर्यटकीय क्षेत्र भएपनि ओझेलमा भएको र प्रमुख गन्तव्यहरू पनि कोरोना कालमा ओझेलमा परेकाले आफूहरूले यो अभियान सुरु गरेको समितिका सदस्य शैलेश चौधरीले जानकारी दिनुभयो ।

यो अभियानको सप्तरीबाट प्रारम्भ गरिएको छ । कञ्चनरुप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी यो अभियानको शुभारम्भ गरिएको हो ।

अभियानको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटकीय क्षेत्रको विकास नभएसम्म होटेल सञ्चालन गर्न कठिनाइ हुने बताउनुभयो । उहाँले होटेल व्यवसायीलाई ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै नयाँ होटेल खोल्नेलाई प्रदेश सरकारले करसम्मको छुट दिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button