तपाईँ सुन्दै हुनुहुन्छः

फुसको छानो हटाउने अभियान सुरु

भोजपुर । उज्यालो गाउँपालिका घोषणा गरेको भोजपुरको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकाकाले अव फुसको छानो हटाउने अभियान सुरु गरेको छ ।

गाउँपालिका भित्र फुसका छाना भएका घरमा गाउँपालिका र वडाको सहयोगमा जस्तापाता वितरण गर्न समेत सुरु गरिएको छ ।

गाउँपालिकाले पहिलो चरणमा पालिका भित्रका वडा नम्बर ३, ४, ६,७ र ८ लाई पूर्णरुपमा फुसको छानो मुक्त वडा जस्तापाता वितरणको अभियान सुरु गरेको हो ।

सो कार्यका लागि गाउँपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ नागीले वडाका ४३ घरमा जस्तापाता वितरण गरेको वडाध्यक्ष बिवस राईले बताउनुभयो । फुसको छानो भएर जस्तापाता लगाउन बाँकी गरिब तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरिएको वडाध्यक्ष राईको भनाई रहेको छ ।

टेम्कैमैयुङ गाउँपालिका भित्रका सबै वडाबाट फुसको छानो हटाउने अभियान आगामी आर्थिक बर्ष भित्र पुरा हुने गरी अभियान सुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष ध्रुर्वराज राईले गाउँपालिकालाई प्रदेश १ कै पहिलो उज्यालो पालिकाको रुपमा घोषणा गर्न सफल भएकाले अब अभियान गाउँपालिकालाई फुसको छानो मुक्त गाउँपालिका बनाउने रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button