तपाईँ सुन्दै हुनुहुन्छः

सैनामैना नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता

रुपन्देही  । महिलाहरूलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य अनुरूप रुपन्देहीको सैनामैना नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यसको सञ्चालन कार्यविधि–२०७७ बमोजिम नगरमा हाते ढाका बुनाई (होजेरी) तालिम सुरु गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
नगरमा रहेका महिला दिदीबहिनीलाई उद्यमी बनाउने नगरको योजना अनुरूप यस प्रकारको कार्यक्रम तय गरिएको कार्कीले बताउनुभयो ।
तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिनुहुँदै नगर प्रमुख कार्कीले सीप सिकेर व्यवसाय गर्न चाहनेलाई मेसिन उपकरण समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घरेलु उद्योगलाई प्रवर्द्धन गर्दै लघु उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिका भित्र भएका पछाडि परेका, विपन्नता, जनजाति तथा फरक क्षमता भएका महिलाहरूलाई लक्षित गरी तालिम सुरु गरिएको उपप्रमुख बिना रानाले बताउनुभयो ।
उहाँले महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुँदै ढाका बुनाइबाट राम्रो आम्दानी लिन सकिने भएकोले ढाका बुनाई सबै वडाका महिलालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button