तपाईँ सुन्दै हुनुहुन्छः

लामो समयको खडेरीपछि रोल्पामा  हिमपात र वर्षा 

रोल्पा ।  रोल्पामा लामो समयको खडेरीपछि आज बिहानैदेखि उत्तरी क्षेत्रको जलजला ,थवाङ, आसपासका क्षेत्रमा हिउँ पर्नुका साथै बिहानैदेखि जिल्लाका अधिकांस भूभागमा सिमसिमे पानी समेत परिरहेको छ ।
हिउँदे वर्षा हुँदा  बाली सप्रिने भनेर  किसानहरू  हर्षित भएका छन् ।  लामो खडेरी हुँदा खेतबारीमा लगाइएको अन्न बाली सिँचाईको अभावमा सुक्दै जान थालेको  थियो ।  बर्षा हुन थालेपछि किसानले केही राहत महसुस गर्न थालेका छन् ।
जिल्लामा अन्य दिनको तुलनामा आज अलि चिसो बढेको महसुस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button