पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गर्ने

काठमाडौँ । नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गर्ने योजना अगाडि सारेको छ ।
गत पुस १५ गते देखि सातै प्रदेशमा कर्मचारी खटाइएको र अब छिट्टै नै प्रदेश कार्यालयलाई औपचारिकता दिइने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
प्रदेश कार्यालय स्थापनाको अध्ययनका लागि स्थलगत खटाइएका कर्मचारीले बोर्डमा आवश्यक तयारीसहितको प्रतिवेदन बुझाइसकेका र प्रतिवेदनका आधारमा बोर्डले प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्