सडक बन्द गराउने १६ नेता कार्यकर्ता पक्राउ

तनहुँ । आम हड्ताल भन्दै सडक बन्द गर्न संलग्न भएको भन्दै प्रहरीले नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित डेढ दर्जन नेता पक्रेको छ ।
दमौलीको भोर्लेटार चोकबाट आम हड्ताल भन्दै सडकमा उत्रिनु भएका नेकपाको प्रचण्ड(नेपाल समुहका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ,गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपाने, व्यासनगर अध्यक्ष श्रीराम कार्की, राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष इश्वर बस्याल सहित १६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल भएको थियो । नेकपाका नेतारकार्यकर्ताले मोटरसाईकल चलाउन समेत रोकेका थिए ।
नेकपाको प्रचण्ड – नेपाल समुहले आह्वान गरेको आम हड्तालका क्रममा आवतजावत गर्न चाहनेलाई सुरक्षा प्रदान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले भन्नुभयो,’ हिँडडुल गर्न चाहनेलाई प्रहरीले सुरक्षा दिन्छ । ’कसैले जबर्जस्ती बन्द गराउन खोजे नियन्त्रणमा लिनेछौँ,’ उहाँले भन्नुभयो ।
अहिलेसम्म दमौलीबाट १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । उहा‘का अनुसार राजमार्गमा सञ्चालन भएका सवारीलाई स्कर्टिङ गरिएको छ । बन्दका कारण अन्य दिनको तुलनामा सार्वजनिक सवारी कम चलेका छन् ।








प्रतिक्रिया राख्नुहोस्