२ सय ५० केजी गाँजा सहित २ जना पक्राउ

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका २ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ ।
को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।
ब्यारिकेटलाई क्षति गरी फरार भएको को. १ च ९८५२ नम्बरको निलो रङको स्कार्पियोमा २ सय ५० के.जी. गाँजा सहित २ जना मानिसलाई पक्राउ गरिएको छ ।
गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट नियन्त्रणमा लिएको हो ।
ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउण्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत क्षति पु¥याएको तथा १ जना प्रहरी समेत घाईते भएका छन् ।
कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नहरबाट नियन्त्रणमा लिएको हो । गाडीसंगै चालक भोजपुर हतुवागडि गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ भने गाडिमा रहेको २५० के.जि गाँजा, नगद १ लाख ५४ हजार र १ थान खूकुरी समेत बरामद भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्