तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकालाई निःशुल्क ग्रास रुट फुटबल ट्रेनिङ

सुनसरी । धरानमा बालबालिकालाई निःशुल्क ग्रास रुट फुटबल ट्रेनिङ हुने भएको छ ।

धरान १६ मा रहेको रङ्गशालामा प्रत्येक शनिबार १२ वर्ष मुनिका बालबालिकाहरूलाई उक्त ट्रेनिङ हुने बताइएको छ ।

धरान उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, खेलकुद समिति संयोजक सुवास राई  सहितको टोलीले ट्रेनिङका लागि आवश्यक खेलकुद सामाग्री फुटबल प्रशिक्षक अर्जुन राईलाई हस्तान्तरण गरेका छन् ।

उपमहानगरपालिकाले फुटबल ३० थान, मार्कर ८० थान, कोण ४० थान, हडल्स २० थान, ब्लाडर २ थान, बिफ ३० थान र पोल स्ट्यान्ड ८ थान हस्तान्तरण गरेको हो ।

फुटबल प्रशिक्षक अर्जुन राईले सिक्न चाहने बालबालिकाहरूले निःशुल्क ग्रास ट्रेनिङमा सहभागी हुन पाउने बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button