तपाईँ सुन्दै हुनुहुन्छः

पारिश्रमिक नपाएपछि श्रमिकद्वारा हड्ताल शुरु

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएपछि हडताल शुरु गरेका छन् ।

आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (ईकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले एक वर्षदेखिको पारिश्रमिक नदिएको भन्दै हडताल शुरु गरेका हुन् ।

गत असार २२ गते रोजगारदाता र श्रमिकबीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र दिने मौखिक सहमति भएपनि हालसम्म भुक्तानी नदिएपछि आन्दोलित हुनु परेको श्रमिक अगुवा प्रविन यादवले बताउनुभयो ।

रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई नभएपछि आन्दोलित हुनुको अर्को विकल्प नभएपछि हड्ताल गर्न बाध्य भएको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button