लागुऔषध सहित ४ जना पक्राउ
सुनसरी । सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका १३ बाट सोमवार दिउँसो स्थानीय २७ वर्षीय राज कुमार तामाङ, डाइजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ वर्षीय रविन राई, २६ वर्षीय प्रभात राई र १९ वर्षीय संदेश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्