तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाबाट ३ वर्षमा ५९ वटा कानुन निर्माण

रुपन्देही  । २०७४ साल माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आयोजना भएको थियो । प्रदेश स्थापनाको तीन वर्षमा ५९ वटा कानुन निर्माण भएका छन् भने ५ वटा विधेयक विचाराधीन छन् ।
सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्रको स्थापना तथा सञ्चालन र सेवा तथा पुनर्स्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विश्वविद्यालयको स्थापना सञ्चालन नियमन र व्यवस्था सम्बन्धमा बनेको विधेयक सामाजिक संसदीय समितिमा छलफलमा छ ।
प्रदेशसभाको पहिलो बैठक भएदेखि हालसम्म ६ वटा अधिवेशनहरू भएका छन् । ३०५ घण्टा १२ मिनेट समय खर्चिएका यी अधिवेशनहरूमा ६५ वटा विधेयकहरू दर्ता भएकोमा ५९ वटा विधेयकहरू पारित भएका छन् ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सङ्घीयताको विकास र संरक्षणमा सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभएको छ । मुलुकको समृद्धि र जनचाहना पूरा गर्नका लागि सङ्घीयताको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले कार्यान्वयनको पक्षमा थप जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो ।
सङ्घीयता आर्थिक रूपमा महँगो व्यवस्था भए पनि जनताको अधिकार स्थापित गर्नका लागि उत्कृष्ट विकल्प भएको घर्तीले बताउनुभयो ।
आर्थिक वर्ष ०७८/७९ को बजेट पारित र प्रदेशको स्थायी राजधानी र नामाकरण यो अधिवेशनले टुङ्ग्याएको थियो ।
प्रदेशसभाले माघ २१ गते स्थापना दिवस मनाउने तयारी गरेको सचिव दुलर्भकुमार पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button