राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा ९ हजार ९९० जनाको विवरण सङ्कलन

तनहुँ । तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा व्यक्तिगत घटना दर्ता गर्नेको संख्या हालसम्म ९ हजार ९९० जनाको पुगेको छ ।
जसमा ४ हजार ३८३ जना महिला र ५६०७ जना महिला रहेका छन् ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा ४ हजार ३४६ जनाको विवरण सङ्कलन गरिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । जसमा १७८६ जना महिला र २ हजार ५६० जना पुरुष रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा २ जना अपरेटरमार्फत विवरण सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।
विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन गरिएको लकडाउन खुलेसंगै गत मसिर महिनामा अहिलेसम्मकै धेरै ४२९ महिला र ७२३ पुरुष गरि १ हजार १५२ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेका थिए ।
नेपाल सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यका साथ विवरण संकलन सञ्चालन गरिएको छ ।राष्ट्रिय परिचयपत्रका बनाउन जिल्ला प्रशासन कार्यालयमा तिन पुस्ते नागरिकता मात्रै लिएर गए राष्ट्रिय परिचयपत्रका बनाइने र यो पुर्ण निःशुल्क रहेको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता बनाउने, पासपोर्ट लिने लगाएतलाई अनिवार्य राष्ट्रिय परिचयपत्रका लागि दर्ता गर्न अनुरोध गर्ने गरिएकाले पनि दर्ता गर्नेको संख्या बढेको हो ।
१६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित सरकारले उक्त विवरण संकलन कार्य अगाडि बढाएको हो ।
दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना सङ्कलन गर्ने गरिन्छ।
नेपालको संविधानले राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरि त्यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय योजनासँग जोड्ने नीति लिएको छ।
विभागको वेबसाइटका अनुसार राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, ब्याङ्किङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन्।








प्रतिक्रिया राख्नुहोस्