तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी कार्यालयहरूमा प्रजिअको छड्के अनुगमन, केही कर्मचारीको भोलिपल्टको हाजिर आजै

कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कञ्चनपुर जिल्लामा रहेका सरकारी कार्यालयहरुमा छड्के अनुगमन गर्नु भएको छ ।

सरकारी कार्यालयहरुको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने उद्देश्यले आइतबार महेन्द्रनगरमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा कर्मचारी आचरण, अनुशासन र सेवा प्रवाह सम्बन्धी छड्के अनुगमन गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार, ती कार्यालयहरुमा कार्यरत केही कर्मचारीहरु पूर्व स्वीकृती नलिइकनै अनुपस्थित रहेको, कार्यालयमा उपस्थित मध्ये पनि अधिकांश कर्मचारीहरु कार्यालय पोशाक नलगाई उपस्थित भएको र केही कर्मचारीहरुले त भोलिपल्टको हाजिर समेत आजै लगाइसकेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button