चिसो अत्याधिक बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द
नेपालगञ्ज । चिसो अत्याधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।
विगत एक सातादेखि घामै लाग्न नसक्दा चिसो अत्याधिक बढेपछि उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले भोलिदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मौसम अनुकूल भई घाम लागेमा माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर प्रतिकुल मौसम भइरहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्