६ सय एम्पुल अवैध लागू औषधसहित दुई पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले गए राति ठुलो परिणाममा अवैध लागू औषधसहित ओसारपसारमा संलग्न अटो र एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वाबाट ना १ ह ४६४४ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लोड गरेको पिठोको बोरा र कपडाको झोलामा लुकाई छिपाई ल्याइरहेको अवस्थामा औषध फेनारगन, नुर्फिन र डाइजोपाम ६ सय एम्पुल फेला बरामद गरेको छ ।
बरामद गरिएको लागू औषधसहित अटोका चालक पर्सा पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने २८ वर्षीय जालन्धर दास र अटोमा सवार २० वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिई थप कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्