सिर्सिया सुख्खा बन्दरगाह भन्सारद्वारा ६ महिनामा १७ अर्ब ५३ करोड राजस्व असुली

वीरगंज । सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजले चालु आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ५३ करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।
राजस्व विभागले ड्राईपोर्ट भन्सारलाई पुस मसान्तसम्म २२ अर्ब ३२ करोड ६९ लाख ४४ हजार राजस्व असुली गर्ने लक्ष्य दिएकोमा लक्ष्य भन्दा करिब ५ अर्ब कम राजस्व असुली भएको ड्राईपोर्ट भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले बताउनुभयो ।
ड्राईपोर्ट भन्सारले पुस मसान्तसम्म भन्सार महसुल तर्फ ७ अर्ब ५७ करोड ५ लाख, मूल्य अभिवृद्धि कर तर्फ ८ अर्ब ५५ करोड ६६ लाख, अन्तःशुल्क तर्फ ९५ करोड ८९ लाख ६७ हजार, कृषि सुधार शुल्क तर्फ ३५ करोड ४० लाख ५३ हजार, भन्सार सम्बन्धी अन्य आय तर्फ १ करोड ३६ लाख ५४ हजार राजस्व असुली गरेको कट्टेलले बताउनु भयो ।
सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगो गाडीको आयातमा कडाइ गरेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट विलासी गाडीको आयात ठप्प हुँदा यसको प्रभाव राजस्व असुलीमा परेको प्रवक्ता कट्टेलले बताउनु भयो ।
ड्राईपोर्ट भन्सारको राजस्व सङ्कलनमा मुख्य योगदान रहेको महँगा सवारी साधन आयातमा कडाइ गरेपछि बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको हो ।
महँगा सवारी साधन आयातमा कडाइ गरिएको र कोरोना महामारीको कारण ड्राईपोर्ट भन्सार नाकाबाट सामान आयातमा कमी आएपछि राजस्व सङ्कलनमा गिरावट आएको सूचना अधिकारी कट्टेलले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्