तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ पसेको हात्तीको बथानले घर भत्कायो

कञ्चनपुर । कञ्चनपुरमा गाउँ पसेको हात्तीको बथानले दुई घर भत्काएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राती ४०/५० सङ्ख्यामा गाउँ पसेको हात्तीको बथानले जिल्लाको लालझाडी गाउँपालिका–६ चान्देउमा स्थानीयका दुई घर भत्काएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रेमबहादुर बोहरा र नरबहादुर बिकको काठले छाएको एक तले कच्ची २ घर भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button