सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
सप्तरी। सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।बिहीबार बिहान कोसी ब्यारेजको नहरनजिक स ३ प ३०४७ नम्बरको तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालक तिलाठी कोइलाडी गाउँपालिका ३ सखरपुराका ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको हो ।
मोटरसाइकल आफंै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मुखियाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खंग भने घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्