तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयद्वारा कम्बल वितरण

बारा । चिसोसँगै शीत लहरमा  वृद्धि भएपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ को कार्यालयले कम्बल वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा वडा बजेटबाट छुट्ट्याइएको ५ लाखबाट न्यानो कपडा कम्बल वितरण भइरहेको वडाध्यक्ष रामबाबु पटेलले जानकारी दिनुभयो । आज पहिलो दिन ज्येष्ठ नागरिक, दलित, अपाङ्ग र एकल महिलालाई १ सय ९८ थान कम्बल वितरण गरिएको छ ।

वडाका ४ सय ५० जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग र एकल महिलालाई कम्बल वितरण गर्ने लक्ष्य राखिएको वडा सदस्य तरुण सहनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button