तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोभिड विरुद्धको खोप अभियान सुरु

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला अस्पताल भोजपुरमा आजबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको हो ।

भोजपुरमा माघ १४ गतेबाट अगामी २३ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

भोजपुरमा १ हजार ३ सय ३५ जनालाई खोप लगाउने लक्ष रहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । पहिलो खोप दिएको १ महिनापछि पुन दोस्रो मात्रा दिइने छ ।

जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयम सेविका, सरसफाइकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्सका चालकहरूलाई पहिलो चरणमा खोप लगाइने छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पतालका प्रमुख डा.पवित्रा श्रेष्ठलाई कोरोना विरुद्धको खोप कार्ड हस्तान्तरण गरी खोप अभियानको सुरुवात गर्नु भएको थियो । खोप अभियान अन्तर्गत बुधवार १ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button