सर्वोच्च अदालतको जस्तोसुकै निर्णयलाई मान्नुपर्ने : नेता गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले जनताको बहुदलीय जनवादमा विश्वास गर्ने कम्युनिष्टहरुले सर्वोच्च अदालतबाट हुने जस्तोसुकै निर्णयलाई पनि मान्नुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै नेता गौतमले दुवै पार्टीलाई एकताबद्ध गराई कम्युनिष्ट आन्दोलनलाई लक्ष्यमा पुर्याउने अभियानको उद्देश्य रहेको बताउनुभयो ।
नेता गौतमले यो अभियान नयाँ खुल्न लागेको पार्टी नभई फुटेका पार्टीलाई जुटाउने बाटोमा आफु लागेको बताउँदै अन्य भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेता गौतमले आँफुलाई प्रधानमन्त्री के पी शर्मा ओली र प्रचण्ड माधब नेपाल दुवै पक्षले आफुसँग मिल्न आग्रह गरेको बताउँदै आँफु दुवै पक्षमा नलाग्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा अभियान सञ्चालनका लागि ६ सय ५१ केन्द्रीय सदस्य रहनुका साथै १ सय ५७ जनाको कार्य सम्पादन समिति रहने जानकारी गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्