कोरोना विरुद्धको खोप जनकपुरधाममा मन्त्रीलाई दिएर शुभारम्भ

जनकपुरधाम। प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाममा कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई खोप दिएर आज शुभारम्भ गरिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले खोप निक्कै सुरक्षित तथा भरपर्दौ रहेको वैज्ञानिक पुष्टि भएकाले निर्धक्क भएर लिनका लागि आग्रह गर्नुभयो ।
उहाले प्रदेशको सवै नागरिकलाई खोप उपलब्ध भएको खण्डमा निःशुल्क रुपमा दिने बताउनुभयो । भारत सरकारले निःशुल्क रुपमा प्रदान गरेको खोपले दुई देशको बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने बताउनुभयो ।
कार्यक्रममा प्रदेशिक अस्पतालदका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले यस खोपको कुनै प्रकारको साईड ईफेक्ट नभएकाले निर्धक्क भएर खोप लिनका लागि आग्रह गर्नुभयो । उहाले मन्त्री ज्यूवाट खोप अभियानको शुरुआत गरेर खोप सुरक्षित भएको भनेर शन्देश दिन खोजेको बताउनुभयो ।
निःशुल्क खोप कार्यक्रममा प्रादेशिक अस्पतालका मेसु डा.प्रमोद कुमार यादव, मोट्रोन ईन्चार्ज सन्धया दास सहितकाले खोप लिएका थिए । प्रदेश नंं २ को तीन ठाउँवाट आज कोरोना विरुद्धको खोप अभियानको शुरुआत प्रदेश सरकारले गरेको छ ।
पर्सा जिल्लाको नारायणी उपक्षेत्रिय अस्पतालमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत तथा गजेन्द्र नारायण सगरमाथा अस्पतालमा प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले अभियानको शुरुवात् गर्नु भएको छ ।
प्रदेश नंं २ मा ३४ हजार ४ सय २ र धनुषा जिल्लामा ९ हजार १ सय ८२ खोप नेपाल सरकारले पठाएको छ । पहिलो चरणमा खोप दिने समूहमा परेकाहरु मध्ये ३१ हजारले नाम दत्र्ता गराएका छन् । स्वास्थ्यकर्मी, सफाई, स्यंसेविका तथा शव व्यवस्थापनमा संलग्नलाई पहिलो चरणमा खोप दिने कार्यक्रम रहेको छ ।
खोप लिनु भएका प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री यादव आफै पनि कोरोनाले संक्रमित हुनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्